असारपछि ऋण र निक्षेपको ब्याज घट्छ : डेपुटी गभर्नर मिश्र

  २०८० जेठ २ गते १३:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असार मसान्तपछि बैंकको ब्याजदर घट्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले असारपछि बैंकको आधारदर घट्ने र आधारदर घटेपछि बैंकको निक्षेप र कर्जाको पनि ब्याज घट्ने धारणा राखे ।

उनले ब्याज घट्ने संकेत चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् पनि भएको बताउँदै अब ऋणीलाई पनि केही सहज हुने धारणा राखे । उनले अब अर्थतन्त्र पनि केही सहज हुने पनि बताए ।

उनले नेपाल राष्ट्र बैंक नेपालको औद्योगिक क्षेत्रको विकासको लागि काम गरेको बताउँदै मौद्रिक नीतिमार्फ्त पनि समस्यामा परेका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको बताए । उनका अनुसार राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई बढी प्राथिमकता दिने बताए ।

उनले साना तथा सम्झौता उद्योगलाई धेरै समस्या नपसोस् भनेर आधार दरमा २ प्रतिशत प्रिमियम राखेको बताउँदै राष्ट्र बैंकको नीतिले पनि केही सहज हुने बताए । उनले अब सरकारले ल्याउने बजेटलाई नै आधार मानेर आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताए ।
यस्तै, उनले राष्ट्र बैंकले कुनै पनि विषयमा नजरअन्दाज गरेर नबस्ने बताए । उनले राष्ट्र बैंकले नियममनलाई प्रभावकारी गर्ने बताउँदै नेपालको वित्तीय क्षेत्रको विकासका लागि राष्ट्र बैंक सधैं एक कदम अगाडि रहने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.