बीमा प्राधिकरण ५५ औं वर्षमा, कम्पनी मर्जरमा फड्को

  २०८० जेठ १ गते ७:२५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५४ औं वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रलाई नियमन गर्न वि.सं.२०२५ सालमा स्थापना भएको थियो ।

अर्थ मन्त्रालयको इकाईबाट बीमा समिति हुँदै गत कार्तिक २२ गतेदेखि बीमा ऐन, २०७९ लागू भएपछि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको हो । प्राधिकरणले वि.सं. २०२६ साल जेठ १ गतेदेखि काम गर्न थालेको हो । सोही दिनलाई बीमा दिवशका रुपमा पनि मनाइने गरिन्छ ।

वित्तीय प्रणालीको एउटा महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको बीमा क्षेत्रले विभिन्न आरोह अवरोह पार गर्दै आएको छ । आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्म कुल जनसंख्याको ४४ प्रतिशत जनतासम्म बीमाको पहुँच पुर्याउन सफल भएको छ

ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बीमाको दायरामा ल्याउन, छिटो छरितो रुपमा सहज र सरल ढंगबाट दावी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न र जनचेतना जगाउन ६ वटा प्रदेशमा प्रादेशिक कार्यलय सञ्चालनमा ल्याएको छ । साथै, प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलनमा रहेका बीमाका नवीनतम सिद्धान्त एवं मान्यताहरू अवलम्बन गर्दै बीमासँग सम्बन्धित कानूनहरु समयसापेक्ष परिमार्जन गर्दै आएको छ ।

प्राधिकरणले बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्न, बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गरी बीमा क्षेत्रमा भएका अस्वस्थ्य प्रतिस्पर्धालाई न्युनीकरण गर्न तथा बीमाको गुणस्तरलाई वृद्धि गर्न बीमा कम्पनीहरू एक अर्कामा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहित अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरिवेक्षण पद्धतिलाई लागू गर्नका लागि बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसंग सहकार्य भईरहेको उनले बताए ।

बीमालाई प्रविधि मैत्री बनाई अनलाइन मार्फत बीमा अभिकर्ता तथा सर्भेयर दर्ता तथा नवीकरण गर्ने व्यवस्थाको सुरूवात भई बीमा क्षेत्रमा डिजिटलाइजेशनको लागि प्राधिकरणले ठोस कदम चालिसकेको उनको भनाइ छ । साथै, व्यवस्थित, नियमित, प्रतिष्पर्धि तथा विश्वसनीय बीमा व्यवसायको आधार तयार गर्न प्राधिकरणले बीमा ऐनमा व्यवस्था भएबमोजिम बीमित हित संरक्षण कोष, बीमा सूचना केन्द्र, बीमा एकेडेमी, बीमा विकास कोष स्थापनाको लागि आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष सिलवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.