कामना सेवा विकास बैंकको लाभांश पारित

  २०८० वैशाख ३१ गते २०:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको हो ।

संचालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०।२३२१ प्रतिशत लाभांश  प्रस्तावत गरेको हो ।

सभाले आ।व। २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.