राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिने

  २०८० वैशाख २९ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधालाई निरन्तरता दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकहरुलाई दिईने सुविधालाई निरन्तरता दिएको हो ।

‘यस बैंकले ८.५ प्रतिशतको बैंकदरमा उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अद्र्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको छ’, समिक्षामा भनिएको छ, ‘अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमीे आएको छ, दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.