सानिमा जिआईसीको नाफा १०३ प्रतिशत बढ्यो, दाबी भुक्तानीमा छलाङ

  २०८० वैशाख २९ गते ८:००     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०३ प्रतिशत बढेर २१ करोड ३२ लाख ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५० लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शल्क ११४.४१ प्रतिशत बढेर ४७ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७४.२४ प्रतिशत बढेर १८ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ३० करोड ७७ लाख रुपैयाँ, बीमा कोष ३९ करोड ३२ लाख रुपैयाँ र माहाविपत्ति कोष ३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ३१.६६ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.