आन्तरिक उडानका लागि २ वटा जहाज किन्दै निगम

  २०८० वैशाख २८ गते १४:२७     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि २ थान जहाज खरिद गर्ने तयारी गरेको छ । हाल अन्तराष्ट्रिय र दुर्गमका रुटमा मात्रै उडान गर्दै आएको निगमले ट्रक रुटमा उडान गर्न एटीआर जहाज खरिद गर्ने तयारी गरेको हो ।

केही समय अघि निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडानकोलागि स्टोल (सर्ट टेक अफ एन्ड लेन्ड) जहाज खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

शहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने जहाज खरिदका लागि निगमले उपसमिति गठन गरेको छ । निगममले वरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त समितिलाई २१ दिनको समय दिईएको छ । समितिले अध्ययन गरेर बुझाएको प्रतिवेदनका आधारमा जहाज खरिद गर्ने तयारीमा निगम रहेको छ ।

निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायतका शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्नेछ ।

नेपाल एयरलाइन्सले हाल २ वटा ट्वीनअट्टर जहाजबाट हिमाली क्षेत्रको उडान गर्दै आएको छ ।

ट्रक रुटका लागि भनेर ल्याईएको चिनियाँ जहाज चलाउन नसकेको निगमले एटीआर ७२ जहाज खरिद गर्ने योजना बनाएको छ । ६ थान चिनियाँ जहाज २०७६ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ वे मै थन्किएर बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.