२६.१९ प्रतिशत खुद बीमा शुल्क बढाएको एनएलजी इन्स्योरेन्सको नाफा कति ?

  २०८० वैशाख २८ गते ८:४३     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४ प्रतिशत बढेर १७ करोड ७४ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६.१९ प्रतिशत बढेर ७० करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.८८ प्रतिशत घटेर ३४ करोड ६९ लाख रुपैयाँ गरेको छ । गत आर्र्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड १२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष २४ करोड ४४ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ र महाविपत्ति कोष ६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०५.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.७१ गुणा रहेको छ । तथ्याङ्क अनुसार कम्पनीको ५ हजार ५३ दाबी वापत १ अर्ब १२ करोड ७२ लाख रुपैयाँ भुक्तानी हुन बँँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.