एलआईसीले १३ सय प्रतिशत नाफा बढायो, जीवन बीमा कोष १ खर्बमाथि

  २०८० वैशाख २८ गते ७:४३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (नेपाल)को चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ हजार २९४ प्रतिशत बढेर ८ करोड ३७ लाख रुपैयाँ आर्जन रेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क १२ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ६२ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी १.२६ प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोष २.५४ प्रतिशत घटेर ६९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोष १५.७६ प्रतिशत बढेर १ खर्ब ४ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ र महाविपत्ति कोष ३६ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेट्वर्थ १३९ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानप् अनुपात ४२२.७९ गुणा रहेको छ । कम्पनीका अनुसार ३४ करोड ८९ लाख ५८ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.