हिमालयन एभरेष्टको खुद बीमा शुल्क २६ प्रतिशत बढ्यो, २३ करोड नाफा

  २०८० वैशाख २८ गते ७:२८     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६.६० प्रतिशत बढेर २३ करोड ७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क २६ प्रतिशत बढेर ८९ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६.५४ प्रतिशत घटेर ३६ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ, जगेडा कोष ८७ करोड ५१ लाख रुपैयाँ, बीमा कोष १ अर्ब २० करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोष ५ करोड ११ लाख रुपैयाँ रहेको छ ।

तथ्याङ्क अनुसार कम्पनीको १० हजार ४२५ (कोरोना बीमा ५ हजार ८३२) दाबी वापत १ अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीको प्रतिेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात ४१.९६ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.