सरकारले गरेको छैन सिंहदरबारको पनि बीमा

  २०८० वैशाख २७ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले अधिकांश निकायको बीमा नगरेको बताएका छन् ।

बुधबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार सुरुवातको कार्यक्रम उनले सरकारले यस्तो बताएका हुन् । उनले सरकारले सिहंदरबारको पनि बीमा नगरेको बताए ।

यस्तै, उनले आइमएई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्यारेन्सको मर्जरमा कुनै पनि कर्मचारीको गुनासो नआउनु सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

त्यस्तै, उनले बीमा कम्पनीहरुले पराम्परागत पोलिसी चलाउँदै आएका बताएका छन् । ‘पूँजी ठूलो भएर मात्रै होइन नयाँ नयाँ इनोभेटिभ प्रडक्ट ल्याउनु पर्छ, अब पर्याप्त फण्ड भएकाले नयाँ पोलिसी ल्याउनु पर्छ, बीमा कम्पनीले जोखिम लिन सक्नु पर्छ,’ उनले भने ।

अध्यक्ष सिवालले कतिपय कम्पनीका संचालकलाई आफ्नो कम्पनीको बारेमा जानकारी नभएको पनि बताएका छन् । संचालकहरुले आफ्नो कम्पनीको सीइओ र नीति नियम बारे जानकारी राख्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.