रायमाझी भारत गएको अनुमान, खोजी गर्न सिआइबीको टोली परिचालन

  २०८० वैशाख २६ गते १०:१०     विकासन्युज

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन भएको छ ।

नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न गत बुधबार नै जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ पुँर्जी जारी गरेपछि उनि भैरहवाबाट काठमाडौं आउछु भनेर फरार रहेका छन् ।

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि काठमाडौंमा गएर प्रहरीको अनुसन्धानलाई सघाउने उनले बताएका थिए । तर लामो समयसम्म उनि प्रहरीको सम्पर्कमा नआएपछि सिआइबीको टोली परिचालन भएको हो ।

सिआइबीले गत शनिबारदेखि रायमाझीको खोजी गर्न थालेको भएतापनि उनी कहाँ छन् भन्ने खुलिसकेको छैन । भारतको लखनउमा लुकेको अनुमान गर्दै प्रहरीले अनुसन्धान गरिरहेको जनाईएको छ ।

यस्तै उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचार समेत गरिसकेको छ ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई गत बुधवार नै प्रहरीले पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.