हेलिकप्टर दुर्घटना अपडेट : बाँकी रहेको एक जनालाई पनि काठमाडौं ल्याइयो

  २०८० वैशाख २२ गते १७:१७     विकासन्युज

काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा संखुवासभामै उपचार भइरहेका एक जनालाई पनि काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा परेको पाँजजना मध्यै हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका भविन गुरुङकोको मृत्यु भइसकेको छ ।

दुर्घटनामा परेका बाँकी ४ जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सिम्रिक एयरको हेलिकोप्टर शुक्रबार दिउँसो भोटेखोला गाउँपालिकामा दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.