संखुवासभा हेलिकप्टर दुर्घटनामा मानविय क्षति भएन, पाइलट सामान्य घाइते

  २०८० वैशाख २२ गते १४:२०     विकासन्युज

काठमाडौं । संखुवासभामा भएको हेलिकप्टर दुर्घटनामा मानविय क्षति नभएको पाइएको छ ।

हेलिकप्टरका पाइलट क्यापटेन सुरेन्द्र पौडेल सामान्य घाइते भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी दिए ।

पौडेलको स्थानीय स्वास्थ्य चैकीमा उपचार भैरहेको उनले बताए ।

दिउसो १ बजे सम्पर्कविहीन भएको सो हेलिकप्टरमा चालकसहित ४ जना रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.