सिटिजन्स बैंकका ग्राहकलाई प्याराग्लाइडिङमा विशेष छुट

  २०८० वैशाख २१ गते १८:०३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पोखरास्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ बिच सम्झौता भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.