गुहेश्वरी मर्चेन्टले गर्यो विद्यालयलाई सहयोग

  २०८० वैशाख २१ गते १७:४६     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुरको श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई सहयोग गरेको छ ।

उक्त फाइनान्स अनुसार आज सो विद्यालयलका विद्यार्थीहरुको लागि फर्निचर निमार्ण गर्न सहयोग गर्न लागेको हो ।

सो विद्यालयका प्रधानाध्यापक पुष्प राज जोशीलाई यस संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठबाट चेक हस्तान्तरण गरियो ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक अर्चना प्रधान र मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको पनि उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.