नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत

  २०८० वैशाख २० गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको १५ प्रतिशत बोनस वापतको १६ लाख ८३ हजार २५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.