मैले छोरीलाई सरकारी स्कुल पढाउन चाहन्छु, तर श्रीमतीले मान्दिनन् : नेता पौडेल

  २०८० वैशाख १७ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिधिनिधसभा सदस्य प्रदिप पौडेलले आफूले छोरीलाई सरकारी स्कुल पढाउन चाहेको तर श्रीमतीले नमानेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एडुक्लेभ वान पोइन्ट जिरो कार्यक्रममा ‘हाम्रो शिक्षा प्रणाली र नयाँ दृष्टिकोणको आवश्यकता’ विषयमा आफ्नो धारणा राख्ने क्रममा उनले सो बताएका हुन् ।

‘मलाई छोरीलाई सरकारी स्कुल पढाउन मन छ, तर श्रीमतीले मान्दिनन्, मलाई छोरीलाई सरकारी स्कुल पढाएर नमूना देखाउन मन छ’, उनले भने । नेता पौडेलले आफ्नी श्रीमतीले आफ्नो लोकप्रियताको लागि छोरीको पढाई बिगार्न नहुने तर्क गर्ने गरेको समेत बताए ।
‘उनी भन्छिन्, तपाईंको लोकप्रियताको लागि छोरीको पढाई बिगार्न हुँदैन’, नेता पौडेलले भने ।

नेता पौडेलले नेपालको शैक्षिक क्षेत्रमा देखिएको समस्याका कारण विद्यार्थी विदेश जाने अवस्था बनेकाले एनओसी रोक्ने भन्दा पनि नेपालको शिक्षा क्षेत्र सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.