दुर्गा प्रसाईंले तिरेनन् आयकर, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम

  २०८० वैशाख १३ गते १५:३४     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी प्रसाईंलाई आयकर नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो ।

प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ ।

पटक-पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।

उनले बैंक तथा वित्तीय संस्थाकाे कर्जा पनि नतिर्ने अभियान देशभर चलाउदै आएका छन् । उनकाे अगुवाइमा देशका विभिन्न ठाउँमा बैंकका कर्मचारीमाथि ऋणिहरूले हातपात समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.