ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

  २०८० वैशाख १२ गते १६:३८     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराएका हुन ।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम सभालाई जानकारी गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.