उद्योग वाणिज्य महासङ्घमा स्थायी समिति र सदस्यता समिति गठन

  २०८० वैशाख १२ गते ७:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासङ्घको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८ (ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति आज गठन भएको महासङ्घले जनाएको छ ।

स्थायी समितिका सदस्यहरूमा महासङ्घका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासङ्घमा निर्वाचित अध्यक्षहरू रहेका छन् । यसैगरी, सदस्यता समितिका सदस्यहरूमा महासङ्घका तीन उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.