घोराही सिमेन्टले प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्ने, बोर्डले दियो अनुमति

  २०८० वैशाख ८ गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिएको छ । घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न बोर्डले बैशाख ६ गते अनुमति दिएको हो ।

बोर्डले अनुमति दिएसँगै कम्पनीले छिट्टै निष्काशन प्रक्रिया अघि बढाउने छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानियको लागि प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्य दरका लाख ९७ हजार १९० कित्ता र सर्वसाधारण लगानीकताएका लागि प्रतिकित्ता ४३५ रुपैयाँमा ७५ लाख ४६ हजार ६११ कित्ता सेयर बिक्री गर्नेछ ।

घोराही सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.