निजी क्षेत्रलाई अख्तियारले अनुसन्धान गर्ने व्यवस्था हटाउनुपर्छ : चन्द्र ढकाल

  २०८० वैशाख ७ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने गरि आएको ऐन प्रस्ताव हटाउनुपर्ने बताएका छन् ।

बिहीबार रक्षा तथा कानून मन्त्री पूर्ण बहादुर खड्कासँग भएको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।

अख्तियारले निजी क्षेत्र हेर्ने अधिकार संविधानमा समेत नभएको अवस्थामा मुलुकको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई यस्तो गर्दा लगानीको वातावरण विग्रिने र मुलुकको अर्थतन्त्रमा समेत असर पर्ने उनको भनाइ छ ।

निजी क्षेत्र समस्यै समस्याले थलिएको समयमा यस किसिमको व्यवस्था हुँदा व्यवसायि थप हतोत्साहि हुने तर्फ अध्यक्ष ढकालले कानुन मन्त्रीको ध्यानाकर्षण गराए ।

भेट वार्ताको क्रममा मन्त्री खड्काले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने निजी क्षेत्रका व्यवसायीहरु अप्ठेरोमा नपर्ने गरी उक्त विषय संशोधन हुने बताए । महासंघका तर्फबाट राखिएका सुझावलाई ध्यानमा राखी सरकारको तर्फबाट पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष्ँ निरक के।सी। लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.