जयपुरमा डीएभी कलेजको दमदार प्रस्तुती

  २०८० वैशाख ४ गते १६:०८     विकासन्युज

काठमाडौं । डीएभी कलेजको अठारौँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी डीएभी कलेज ललितपुरका १८ जना विद्यार्थीहरुले ११ विधाहरुमा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पुनः चिनाउन सफल भएका छन् ।

गत चैत्र २३ र २४ गते युनिभर्सिटी अफ राजस्थानले आयोजना गरेको अठाराैँ अन्तर्राष्ट्रिय युवा मेला, ‘घुमर’ मा सहभागी भए भने करिब ६० युनिभर्सिटीका विद्यार्थीहरुले आ–आफ्ना प्रतिभा र कला प्रदर्शन गरेका थिए । डीएभी कलेज, भनिमण्डल, ललितपुरले सम्पूर्ण विधाहरुमा सहभागी जनाउँदै समग्रमा तृतिय स्थान हाँसिल गर्न सफल भयो ।

तृतिय स्थान सुरक्षित गर्न सहभागी सबै विद्यार्थीहरुको उल्लेखनीय भूमिका रहेको थियो । डीएभी, बीबीएकी प्रमिला पोख्रेलले मिस घुमर टाइटल जित्न सफल भइन भने बीबीएसकी प्रनिता श्रेष्ठले मिस ट्यालेन्ट अर्वाड हात पारिन् ।

त्यसैगरि बीबीएकी जुही अधिकारीले कविता प्रतियोगितामा प्रथम स्थान हाँसिल गरिन भने रितिक जयसवालले गीत गायन प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरे । पेन्टिङ्ग प्रतियोगितामा निमिसा शाक्यले द्वितीय स्थान जित्न सफल भइन् ।

यसका अलावा डीएभी कलेजका विद्यार्थीहरुले सास्कृतिक नृत्यमा तृतीय स्थान हात पारे । त्यसैगरि डीएभी कलेजका विद्यार्थीहरुले निबन्ध, बादविवाद, अनदस्पट पेन्टिङ्ग कार्टुनीङ्ग र मेहेन्दी कला प्रतियोगिताहरुमा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गरे ।

विद्यार्थी टोलीहरुको साथमा शिक्षकद्वय माधव अधिकारी र विष्णु गिरी सहभागी थिए । डीएभी कलेज अफ म्यानेजमेन्टले जनाएअनुसार, विद्यार्थीहरुको यसखाले प्रदर्शनी अन्तर्राष्ट्रिय मञ्चमा लामो समयदेखि अपेक्षा गरिएको थियो र विद्यार्थीहरु विभिन्न उपाधीहरु जित्न योग्य समेत रहेका थिए ।

साथै, डीएभी कलेजले अठारौँ अन्तर्राष्ट्रिय युवा मेलामा सहभागी भई नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई प्राज्ञिक र जनस्तरमा थप प्रगाढ गर्न सफल भएको छ । युनिभर्सिटी अफ राजस्थानले हरेक वर्ष यसखाले अन्तर्राष्ट्रिय युवा मेला आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.