बैशाख २२ गतेदेखि सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने 

  २०८० वैशाख ४ गते १५:४८     विकासन्युज

काठमाडौं  । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा बैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा उक्त मेला आयोजना गर्न लागेको हो ।

उक्त तीन दिन प्रदर्शनीमा मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्स व्यवस्थापकीय साझेदारीको रूपमा रहेको छ ।

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

‘प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ प्याकेजिङ, प्लास्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन हुनेछन्,’ उनले भने ।

उनले प्रदर्शनीमा आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने र प्रदर्शनी अवधिभर एक्सपोको निःशुल्क प्रवेशको गर्न मिल्ने पनि जानकारी दिए ।

प्रदर्शनीमा नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराइने उनले बताए । ‘उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्नेमा यस प्रदर्शनी महत्वपूर्ण अवसरको रूपमा रहने छ,‘उनले भने,‘ यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका बिच प्रत्यक्ष भेटघाट तथा छलफल हुनुका साथै स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.