धनगढी उपमहानगरभित्रका १७ सामुदायिक विद्यालयको ८ कक्षामा सबै विद्यार्थी फेल

  २०८० वैशाख ४ गते ११:३०     विकासन्युज

धनगढी । धनगढी उपमहानगरपालिका भित्रका १७ सामुदायिक विद्यालयको कक्षा ८ को परीक्षामा सहभागी भएका सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । धनगढी उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका ६३ मध्ये १७ वटा विद्यालयको कक्षा ८ मा भएको परीक्षामा सामेल भएका विद्यार्थी ननग्रेड भएका हुन् ।

धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र बहादुर खातीका अनुसार अहिलेसम्म सबै विद्यालयमा भएको परीक्षाको तथ्यांक सफ्टवेयरमा अपडेट गरिएको छ, जसलाई हेर्दा कम्प्युटर विषयमा अधिकांश विद्यार्थी कमजोर देखिएका छन् ।

अहिले स्थानीय मिडियाले लेखेको समाचार स्कुलको सर्वेक्षणका आधारमा लेखेको हुनसक्ने तर ननग्रेडमा परेका विद्यार्थीले फेरिपनि परीक्षा दिन पाउने हुँदा अहिले नै ननग्रेडमा परेका विद्यार्थीको यथार्थ तथ्यांक भन्न नमिल्ने सूचना अधिकारी खातीले बताए ।

उपमहानगर भित्रका विद्यालयहरुले हिजो आइतबार र आज नतिजा निकालिरहेका छन् । सूचना अधिकारी खातीका अनुसार ननग्रेडमा परेका विद्यार्थीहरुले बैशाख २९ र ३० गते पुनः ग्रेडिङको लागि परीक्षा दिन पाउनेहुँदा त्यसपछि मात्रै वास्तविक तथ्यांक भन्न मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.