स्वीस राजदूतावासले भक्सवागन ब्राण्डको कार बेच्दै

  २०८० वैशाख ३ गते ६:४८     विकासन्युज

काठमाडौं । स्वीटजरल्याण्ड (स्वीस)राजदूतावासले सवारी साधन बिक्री गर्ने भएको छ । नेपालस्थित स्वीस राजदूतावासले सवारी साधान लिलामीमा बिक्री गर्ने भएको हो ।

राजदूतावासले सन् २०११ मा बनेको ५३-सीडी-२२ नम्बरको भक्सवागन कम्पनीको सवारी बिक्रीमा राखेको हो । सो सवारी साधन खरिद गर्न इच्छुकले एकान्तकुना स्थित स्वीस राजदूतावासमा सम्पर्क गर्नुपर्नेछ ।

दूतावासका अनुसार सवारी साधन जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । उक्त सवारी खरिद गर्न इच्छुकले सोमबारसम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.