वर्षमान पुनको दाईको घरमा गोली चलाउने व्यक्ति उनकै छिमेकी आफन्त

  २०८० वैशाख २ गते ११:१७     विकासन्युज

काठमाडौं । शुक्रबार राति नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको दाईको बालुवाटारस्थित घरमा गोली चलाउने व्यक्ति उनकै छिमेकी आफन्त भएको खुलेको छ । साथै उनी कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको समेत खुलेको छ ।

गोली चलाउँदा घाइले भएकी पुनको आमा तिर्थमाली पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने गोली चलाउने व्यक्ति प्रकाश पुनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.