जहाज चार्टर गरेर एकैपटक आए १८१ चिनियाँ पर्यटक, थप ७ सय आउँदै

  २०७९ चैत ३० गते ११:०३     विकासन्युज

काठमाडौं । जहाज नै चार्टर गरेर एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आएका छन् । कोरोना महामारिपछि एकैपटक १८० जना चिनियाँ नागरिक नेपाल आएका हुन ।

बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर उक्त संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन । लामो समयपछि एकैपटक ठूलो संख्यामा आएका चिनियाँ नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छेन् सङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गरेका छन् ।

‘नयाँ बर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो, महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, मन्त्री किरातीले सामाजिक सञ्जालमा भनेका छन्, ‘भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ, मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’

मन्त्रालयका अनुसार थप ७०० सय चिनियाँ नागरिक नेपाल आउने तयारीमा छन् । कोरोना महामारिपछि चिनियाँ सरकारले केही समय अघि मात्र आफ्ना नागरिकलाई देश बाहिर जाने अनुमति दिएको थियो । सरकारले अनुमति दिएसँगै एकैपटक ठूलो संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.