सिटिजन्स बैंकको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  २०७९ चैत २८ गते ८:२०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत  सहयोग गरेको हो ।

यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको बैंकले जनाएको छ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.