प्रभु बैंकका ४ जना सेयरधनी २५ लाख कित्ता सेयर बेचेर बाहिरीदैँ

  २०७९ चैत २८ गते ७:५९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकका संस्थापक सेयरधनी तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इसान भट्टराईको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदासको ५० हजार कित्ता र गणपति वनस्पति प्रालीको १६ लाख ५९ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकको सेयर खरिद गर्न पहिलो चरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिएको छ । सो सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि सो समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.