सिटिजन्स बैंकका सीईओ पोखरेललाई पितृशोक

  २०७९ चैत २६ गते १५:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो ।

उपाध्यायको ८७ वर्षको उमेरमा उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उपाध्यायको आईतबार बिहान बबई (सरजु भादाघाटमा) अन्त्येष्टि गरिएको छ ।

उपाध्यायका तीन छोरा र दुई छोरीहरु छन् । उपाध्यायकी श्रीमती दुर्गादेवी उपाध्यायको साढे ३ बर्ष अघि निधन भएको थियो ।

सीईओ पोखरेलका पिता उपाध्याय बगलामुखी मन्दिर ब्यवस्थापन समिति गुलरियाको अध्यक्ष भएर ४ दशकसम्म समाज सेवा गरेका थिए ।

स्वर्गीय उपाध्यायले बगलामुखी मंदिर पुर्ननिर्माण, जग्गा प्राप्ति तथा मन्दिर ब्यवस्थापनमा मूख्य भूमिका निर्वाह गरेको श्रेय जाने गरेको स्थाीनय बताउँछन् । साथै सामाजिक कार्यमा समेत उनको अतुलनिय योगदान रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.