साधना लघुवित्तद्धारा आँखा चेकजाँच र स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  २०७९ चैत २० गते १६:२४     विकासन्युज

काठमाडौं । साधना लघुवितले आखा चेकजाँच तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा गरिब, विपन्न, असहाय व्यक्तिहरुको लागि आँखा जाँच तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाले सनिबार बारा जिल्लामा शिविर संचालन गरेको थियो । कार्यक्रममा अध्यक्ष हसिना खातुन र डा सम्झना चौधरीको प्रमुख अतिथीमा किरण आँखामा संचालन भएको छ ।

यसैगरि वित्तीय संस्थाको केन्द्रीय कार्यालयको प्रतिनिधी नायब महाप्रबन्धक सिताराम पंडित, आदर्शकोतवाल वडा नं ६ को वडासदस्य रसुल देवान, शाखा प्रमुख राजकुमार तुरहा, आखाँ अस्पतालको कर्मचारीहरु, शाखा कार्यालयको कर्मचारीहरु, समाजसेवी लगायत आँखा चेकजाँच गराउने व्यक्तिहरु गरि करीब २७० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विपन्न, गरिब, असहाय व्यक्तिहरुलाई फ्रि चेकचाँच तथा औषधीहरु समेत वित्तरण गरिएको थियो । शिविरमा २५० भन्दा बढि व्यक्तिहरुले आँखा चेकजाँच तथा परीक्षण गराउदाँ ५० जना व्यक्तिहरुलाई मोतियाबिन्दको अप्रेशन गराउनु पर्ने देखिएको थियो ।

स्वास्थय शिविरमा चेकजाँच भई मोतिया बिन्दको अप्रेशन गराउने व्यक्तिहरुलाई बित्तीय संस्थाको पहलमा आखाँ अस्पतालले फ्रि यातायात, खाना तथा बसाई फ्रि, औषधी तथा परिक्षण समेत फ्रि गरी समान्य खर्चमा आउने हप्तामा पहिचान भएका ५० जना व्यक्तिहरुलाई अस्पतालले अप्रेशन गरिदिने कुरा अस्पतालको प्रमुख डा.चौधरीले जानकारी गराएका थिए ।

वित्तीय संस्थाले हाल ३१ जिल्लामा ९३ शाखा कार्यालय मार्फत १ लाख ४ हजार जना सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.