बस्ती विकासको लागि ६० लाख खर्च गर्दै हिमचुली बस्ती सुधार समिति, सम्पन्न गर्यो वार्षिक साधारण सभा

  २०७९ चैत २० गते १३:०६     विकासन्युज

काठमाडौं । हिमचुली बस्ती सुधार समितिले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समितिले गत चैत १८ गते धादिङ्गको सिद्धखलेस्थित रिभर पार्क बिच मख्खुमा उक्त सभा सम्पन्न गरेको हो ।

समितिका अर्जुन बस्नेतको अध्यक्षतामा बसेको उक्त सभाले बस्ती सुधारको लागि सबै मिलेर काम गर्ने एजेण्डाहरु पारित गरेको छ । सभामा प्रमुख अतिथिको रुपमा रहेकी प्रदेश सभा सभासद् रमा आले मगरले पनि टोल सुधारको लागि विभिन्न सल्लाह सुझावहरु दिएकी थिइन् ।

समितिका अध्यक्ष बस्नेतले टोल सुधारको लागि समितिले कूल ५२ लाख रुपैयाँ खर्च गरिएको बताएका छन् । जसमध्ये २० लाख प्रदेश सभा, वडाबाट साढे ५ लाख रुपैयाँ, नगरपालिका र उपभोक्ता समितिबाट बस्ती सुधारको लागि करिब साढे २६ लाख रुपैयाँ बराबरको सहयोग भएको उनले बताए । जसमा सडक बनाउने, बत्ती जडान तथा ढल निकास लगायतका पूर्वाधार विकासको कामहरु भएका अध्यक्ष बस्नेतले जानकारी गराए ।

‘चालु आवमा हामीले बस्तीको पूर्वाधार विकासको लागि ५२ लाखको काम गर्यौं, अब आगामी वर्षमा प्रदेश सभा, नगरपालिका, वडा र उपभोक्ता समितिको सहयोगमा ६० लाख बराबरको काम गर्ने लक्ष्य छ,’ अध्यक्ष बस्नेतले बताए ।

‘समाज हाम्रो हो, यो समाज हामीले बनाउने हो, सकारात्मक सोचले नै समाज परिवर्तन हुन्छ’ भन्ने उद्देश्यका साथ उक्त समिति अघि बढेको छ । समितिको सभामा मिलन समाजका अध्यक्षले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै, सल्लाहाकार मोहन डागी र दौप्रदी शाहले पनि बस्ती सुधारको लागि विभिन्न सुझावसहितको आफ्ना भनाईहरु राखेका थिए ।

त्यस्तै, समितिका उपाध्यक्ष पवित्र पराजुलीले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष कबिता बर्तौलाले गत आर्थिक वर्षको आयव्यय रहेको वित्तीय प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदन सभाले पारित गरेको छ ।

कार्यक्रमको सञ्चालन समितिका सचिव सुब्बा थपलियाले गरेका हुन् । साथै, उक्त सभामा नयाँ वर्ष अर्थात वि.सं. २०८० सालको क्यालेन्डर समेत विमोचन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.