कुलेखानी-फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

  २०७९ चैत १९ गते १४:३६     विकासन्युज

फाइल फोटो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी-कुलेखानी-फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ ।

सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सो मार्ग हुँदै चल्ने साना तथा ठूला सवारीसाधनका लागि यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो मार्ग हुँदै चल्ने सवारीसाधन भीमफेदी-मार्खु-चित्लाङ हुँदै काठमाडौं जाने आउने गरिरहेको प्रहरीले जनाएको छ । कुलेखानी-फाखेल मार्ग बन्द रहेकाले सो क्षेत्र हुँदै यात्रा नगर्न सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.