पार्टीमा भागबण्डा नमिलेपछि देउवाले पठाए चार मन्त्रीको नाम

  २०७९ चैत १७ गते १३:२६     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसले चार मन्त्रिको मात्र नामावली प्रधामन्त्री पुुष्पकमल दाहाल प्रचण्ड समक्ष पठाएको छ ।

पार्टीमा भागबण्डा नमिलेपछि देउवाले आफू निकटका चार जनाको नामावली पठाएका हुन । देउवाले उपसभाति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महतलाई अर्थमन्त्री, रमेश रिजाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र सीता गुरुङलाई शहरी विकास मन्त्रीका रुपमा नामावली पठाएका हुन ।

कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिने देखिएको छ ।

बाँकी ४ जनाको नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ । कांग्रेसमा मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.