जेठ १ गते बजेटको मस्यौदा तयार हुने, यस्तो बन्यो कार्यतालिका

  २०७९ चैत १७ गते १३:३३     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको कार्यतालिका सार्वजनिक गरेको छ ।

बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचक बजेट तथा कार्यक्रम महाशाखा तथा सम्बन्धित महाशाखाबाट लिइरहेको मन्त्रालयले नयाँ बजेट निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

मन्त्रालयले जेठ १ गते बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) जनाएको छ । यस्तै, जेठ १० गते आम्दानी र खर्चको हिसाब निकालिसक्ने योजना सार्वजनिक गरेको छ ।

नेपालको संविधानमा नै जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मन्त्रालयले ३१ वटा शीर्षकमा कार्यतालिका बनाएर बजेट लेखन सुरु गरेको हो ।

जेठ १२ गते व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने, जेठ १३ गते आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने तयारी छ ।

यस्तै, आगामी जेठ १४ गते बजेट वक्तव्यलाई अन्मित रुप दिने जेठ १४ गते, राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा ब्रिफिङ, आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने, बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने, संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने तयारी छ ।

उक्त सबै तयारी सकिएपछि जेठ १५ गते संसदको दुबै सदनमा बजेट प्रस्तुती रहेको छ ।

.यस्तो छ कार्यकातालिका

-चैत १ गतेदेखि २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपसमितिहरुका सूचनाहरु सम्बन्धित महाशाखाबाट लिने ।

-चैत १९ गतेदेखि बैशाख १० गतेसम्म बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरि सुझाव संकलन गर्ने ।

-चैत १९ गतेदेखि २४ गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटको नीति र कार्यक्रममाथि छलफल गर्ने ।

-चैत २१ गतेदेखि नियमित राजश्व परामर्श समितिमा प्राप्त सुझावहरु उपर छलफल तथा सम्बन्धित निकायहरुसँग छलफल गरी प्रतिवेदन तयार गर्ने ।

-चैत २४ गतेसम्म एलएमबीटीएस मार्फत विषयगत मन्त्रालयहरुले बजेट प्रस्ताव गर्ने अन्मित दिन ।

-चैत २६ गतेदेखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत छलफल (अन्तर सरकारी वित्त परिषद्को बैठक समेत) ।

-चैत २६ गतेदेखि २०८० बैशाख २० गतेसम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयसँग छलफल (सर्शत अनुदान) ।

-चैत २६ गतेदेखि बैशाख २० गतेसम्म मन्त्रालयहरुसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल ।

-चैत २६ गते राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थ मन्त्री, पूर्व गभर्नर, पूर्व अर्थ सचिव, बरिष्ठ अर्थशात्रीहरु एवम् विज्ञहरुबाट बजेट सुझाव संकलन

-बैशाख २० गते सार्वजनिक संस्थानहरुको प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने (नेपाली)

-बैशाख २१ गते विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकताको मस्यौदा तयार गर्ने ।

-वैशाख २५ गते विनियोजन विद्येयकका सिद्धान्तहरु र प्राथमिकता संघीय संसदका दुबै सदनमा पेश गर्ने ।

-वैशाख २५ गतेसम्म प्रविधिक सहायता तथा अन्य गैर सरकारी संस्थामार्फत परिचालन हुने ।

-बैशाख ३० गते मन्त्रालयगत प्रगति विवरण छपाईका लागि प्रेसमा पठाउने ।

-जेठ १ गते बजेट वक्तव्य मस्यौदा तयार गर्ने (पहिलो मस्यौदा) ।

-जेठ ५ गते राजश्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेश गर्ने ।

-जेठ ६ गते राष्ट्रपति समक्ष अर्थमन्त्रीले बजेट विफिङका लागि मस्यौदा तयार गर्ने ।

-जेठ १० गते राष्ट्रपति समक्ष बजेट ब्रिफिङ गर्ने  ।

– जेठ १० गते व्यव अनुमानाको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च‍ अनुमान) ।

-जेठ १२ गते व्यव अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अंक रुजुसहित अन्तिम मस्यौदा तयार गर्ने ।

-जेठ १३ गते आर्थिक विद्येयक र विनियोजन विद्येयकलाई अन्तिम रुप दिने ।

-जेठ १४ गते बजेट वक्तव्यलाई अन्मित रुप दिने ।

-जेठ १४ गते राष्ट्रिय योजना आयोग र नेपाल सरकार (मन्त्रिपरिषद्) मा ब्रिफिङ ।

-जेठ १४ गते आर्थिक विद्येयक, विनियोजन विद्येयक, राष्ट्र ऋण उठाउने विद्येयक र ऋण तथा जमानत विद्येयक छपाईका लागि पठाउने । बजेट वक्तव्य (नेपाली र अंग्रेजी) र स्रोत पुस्तिका छपाईका लागि पठाउने

-जेठ १४ गते संघीय संसदका दुबै सदनमा आर्थिक सर्वेक्षण, संस्थागत प्रगति विवरण र मन्त्रालयको प्रगति विवरण पेश गर्ने ।

-जेठ १५ गते संघीय संसदका दुबै सदनमा बजेट प्रस्तुती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.