अर्थमन्त्रीमा डा. महत, यी हुन् काँग्रेसका आठ मन्त्री

  २०७९ चैत १७ गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने भएको छ । काँग्रेसले आठ मन्त्रालयको जिम्मा लिएर सरकारमा जान लागेको हो ।

सरकारमा जाने आठ जना मन्त्रीहरुको काम टुंगो लागेको छ । उपप्रधान सहित रक्षामन्त्रीमा खड्का जाने भएका छन् । यस्तै, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री रमेश रिजाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्रीका रुपमा एनपी साउँदलाई पठाउने निर्णय भएको काँग्रेस स्रोतले जनाएको छ ।

यस्तैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा डिगबहादुर लिम्बू र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत बन्ने भएका हुन् ।

यससँगै सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक÷एक मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.