कर्मचारी सञ्चय कोषले ९ वटा मोटरसाईकल बेच्दै

  २०७९ चैत १७ गते ७:२७     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले पुराना सवारी साधन बिक्री गर्ने भएको छ । कोषले पुराना २ पाङ्ग्रे सवारीसाधन (मोटरसाईकल) तथा फर्निचरका सामानहरु बिक्री गर्ने भएको हो ।

कोषको पुल्चोक भवनस्थित अण्डरग्राउण्डमा रहेका ९ वटा पुराना २ पाङ्ग्रे मोटरसाईकल बिक्री गर्ने जनाएको छ । साथै, फर्निचरका सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्नेछ ।

इच्छुक खरिद गर्न ब्यक्ति, फर्म तथा कम्पनीले ७ दिनभित्र पुल्चोकस्थित भण्डार शाखाबाट बोलपत्र खरिद गरी पेश गर्न सकिने कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.