विमानस्थल प्रशासनलाई मन्त्री किरातीका १२ प्रश्न

  २०७९ चैत १६ गते १६:४९     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनलाई विभिन्न प्रश्न गरेका छन् ।

बिहीबार अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी उनले विभिन्न १२ वटा प्रश्न गर्दै त्यसको उत्तर बोलेर, लेखेर नभएर परिणाममा खोज्ने बताएका छन् ।

उनले यात्रुको व्यागेज चोरिदेखि शौचालय भित्र बज्ने म्यूजिक बन्दका विषय राखेका छन् ।

यस्ता छन् उनका प्रश्न

–व्यागेज चोरिएको घटनाहरु सत्य हो ?

–अराइभलमा यात्रु लड्ने बिधुतिय भ¥याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ?

–सरसफाई अभियान के कस्तो चल्दै छ ?

–समयमा जहाज उड्दैछ कि छैन ?

–ब्रेक बिनाको ट्रली किन्ने प्रकृया के हुदैछ ?

–एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ?

–ब्रेक बिनाको ट्रली फेर्ने काम कहा पुग्यो ?

–शाैचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?

–महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?

–एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?

–एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?

–एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.