काँग्रेसका महामन्त्रीलाई स्वर्णिमको पत्र : देउवा आरजुको अपमान सहन नसकेर पार्टी छोडें

  २०७९ चैत १६ गते १६:२३     विकासन्युज

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा, शेखर कोइराला र डा.गाेविन्दराज पोखरेललाई ह्वाट्सएपमा मार्फत पत्र पठाउँदै पार्टी परित्याग गरेको जनाएका हुन् ।

उनले देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको समेत उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्थशास्त्री स्वर्णिम वाग्लेलाई बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँमा उम्मेदवार बनाउने तयारी गरेको छ ।

रास्वपाका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँबाट उपचुनावको उम्मेदवार बनाउने आन्तरिक तयारी भएको बताए । उनले पार्टीले तनहुँमा सरप्राइज रुपमा उम्मेदारी दिन लागेको भन्दै छिट्टै निर्णय गर्ने बताए ।

यस्तो छ पत्र

प्रिय दाइ,

हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं ।

काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.