गठबन्धन बैठकमा भएन मन्त्रालय बाँडफाँटको विषय प्रवेश, भोली फेरी बस्ने

  २०७९ चैत १४ गते १९:३२     विकासन्युज

काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताए । उनले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएको बताए ।

‘सरकार पक्षीय राजनीतिक दलका नेताहरुको बेठक बस्यो सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो, भोलि फेरि बस्ने भन्नेछ, भागबण्डाको बारेमा छलफल भएन, सरकार चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.