सीजीफिन्कोले मेरो करियरमा कोशेढुंगाको काम गर्यो : निर्वाण चौधरी

  २०७९ चैत १४ गते १६:५०     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्कोले स्थापनाको २० वर्ष पुरा गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले यस कम्पनीको सफलताको श्रेय ग्राहकलाई जाने बताए ।

अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशेढुंगाको काम गरेको बताउँदै महत्वपूर्ण निर्णयहरू गर्दा कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताए ।

‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ, मलाई लाग्छ २० वर्ष अघि यसको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आज विप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’, उनले भने ।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय सस्था मात्र नभई सीजीफिन्कोल गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए ।

कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चार कर्मचारीलाई कदर पत्र प्रदान गरेको थियो । जसमा मार्केटिङ जिनियस अवार्डबाट रमेस रेग्मी, रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानीत भएका थिए ।

२००३ मा स्थापितसीजी फिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिलेचार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.