नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ : जयन्तीदेवी राई

  २०७९ चैत १२ गते १५:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छन् ।

आईतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले श्रमीकहरुलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरे । उनले नक्कली कागजपत्रहरु बनाएर वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले नागीरकलाई सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । उनले सरकारले स्वदेशमा नै उद्योगधन्दाहरु खोलेर रोजगारी सिर्जना गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘आज वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको छ । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने र सुरक्षितसँग काम गर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण सिर्जना गर्नपर्छ । पहिला त स्वदेशमा नै रोजगारी सिर्जना गरी राष्ट्र निर्माणमा लगाउनुपर्छ ।’

सांसद राईले युवाहरुलाई स्वरोजगार बनाइ समाजमा सम्मानपूर्वक बाच्न दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.