यी १५ ठूला सहकारी : तरलताको समस्या छैन, न ऋण लगानीको सकस नत बचतकर्ताको गुनासो

  २०७९ फागुन २६ गते ११:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय सहकारीहरु सकसमा छन् । बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरु पनि तरलताको मारमा छन् । कतिपय सहकारीहरुले बचतकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् भने कतिय सहकारीहरु सेवा केन्द्र नै बन्द गरेर बसेका घटनाहरु पनि बाहिरिरहेका छन् । यस्तै, कतिपय सहकारीका सेयर सदस्यहरुले बचत असुलका लागि विभिन्न निकाय धाइरहेका छन् ।

तर, सहकारीका यस्ता घटनाहरु बाहिर आइरहेको बेला देशका केही ठूला सहकारीहरु भने सहज रुपमा काम गरिरहेका छन् । ती सहकारीहरुमा बचतकर्ताले नियमित रुपमा पैसा फिर्ता लिइरहेका छन् भने ऋणीहरुले पनि ऋण पाइरहेका छन् । यसैक्रममा हामीले बढी सेयर पुँजी रहेका र ठूलो कारोबार गर्ने देशका १५ वटा सहकारीको वर्तमान वित्तीय अवस्था बुझ्ने प्रयास गरेका छौं । ती सहकारीहरुको माघ मसान्तसम्मको वित्तीय विवरण प्रस्तुत गरेका छौं ।

एनएमसी सहकारी

झापाको मेचीनगरमा रहेको नेपाल बहुउद्धेश्यिय सहकारी संस्था (एनएमसी) सहकारी पूर्वको ठूलो सहकारीमध्येमा पर्छ । एक अर्ब ४१ करोड १ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा ९ अर्ब ६ करोड ७० लाख ८५ हजार रुपैयाँ बचत छ भने १० अर्ब ५१ करोड ८० लाख ३४ हजार रुपैयाँ ऋण लगानी रहेकाे छ ।

यो सहकारीको ७३ करोड ७० लाख ८१ हजार रुपैयाँको जगेडा कोष छ । सहकारीसँग १ अर्ब २५ करोड १६ लाख २० हजार रुपैयाँ तरलता रका रहेको जनाएको छ । सहकारीसँग १३.८० प्रतिशत तरलता अनुपात रहेको बताएको छ । यो सहकारीसँग १२ अर्ब ७० करोड ७५ लाख ५१ हजार बराबर कुल सम्पत्ति रहेको जनाएको छ । यस सहकारीसँग कुल १ लाख ४४ हजार ४३१ सेयर सदस्य र १८ हजार २६ जना ऋणी छन् ।

साहरा नेपाल

झापाको विर्तामोडमा रहेको साहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ६३ करोड ८१ लाख ९२ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । यो सहकारीले १० अर्ब ६१ करोड ८९ लाख ४० हजार रुपैयाँ बचत र १२ अर्ब २३ करोड २१ लाख ३८ हजार रुपैयाँ रुपैयाँ लगानी गरेको छ । यस सहकारीको जगेडा कोषमा १ अर्ब ११ करोड २१ लाख ६६ हजार रुपैयाँ छ ।

यस्तै, सहकारीसँग २०.२९ प्रतिशत तरलता अनुपात छ । २ अर्ब १५ करोड ४४ लाख ६७ हजार रुपैयाँ तरलता रकम छ । कुल १ लाख ६० हजार ८७२ सेयर सदस्य रहेको यस सहकारीमा कुल ८३ हजार ५२९ ऋणी सदस्य छन् ।

मेची सहकारी

झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था एक ठूलो सहकारीका रुपमा परिचित छ । संस्थामा कुल १३ हजार ६९८ सेयर सदस्य रहेकोमा साढे २ अर्ब रुपैयाँ बचत रहेको बताइएको छ । यस्तै यस संस्थामा २ अर्ब ८९ करोड ६८ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी छ । सहकारीकाे साढे ३ अर्बको सम्पत्ति छ ।

कर्णाली सहकारी

झापको विर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था पनि प्रदेश एकको परिचित सहकारी संस्था हो । कुल ४७ करोड १३ लाख ५ हजार रुपैयाँ सेयर पुँजी रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले कुल २ अर्ब २ करोड ९२ लाख ७४ हजार रुपैयाँ बचत संकलन गरेको छ । यस सहकारीले ३ अर्ब ८४ करोड ९७ लाख ३४ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

५४ हजार १२५ जना सेयर सदस्य रहेको यस सहकारीमार्फत् १५ हजार ७१७ जनाले ऋण लिएका छन् । यो सहकारीमा १०.९६ प्रतिशत तरलता रकम रहेको बताइएको छ । १४ करोड २८ लाख २ हजार रुपैयाँको जगेडा कोष रहेको यस सहकारीको कुल सम्पत्ति ४ अर्ब २३ करोड ९६ लाख बढीको छ ।

जनकल्याण सहकारी

प्रदेश तीनमा पर्ने जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले कुल ७९ करोड ९४ लाख ६२ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल ८२ करोड ८४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । यस संस्थाको ११ करोड ६५ लाख ८५ हजार रुपैयाँ सेयर पुँजी रहेकोमा ७ करोड ३६ लाख ६८ हजार जगेडा कोषमा छ । यस्तै, ९ हजार २१३ सेय सदस्य रहेको यस सहकारीको १ अर्ब १० करोड ८९ लाख ३८ हजार रुपैयाँ कुल सम्पत्ति छ ।

चन्द्रागिरी सहकारी

प्रदेश तीनमा पर्ने यस सहकारीले पनि कुल २ अर्ब ५० करोड ६७ लाख ४५ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल २ अर्ब ४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । १७ करोड ५५ लाख ६८ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोषमा कुल ८ करोड ४ लाख ३३ हजार रुपैयाँ छ । यस सहकारीसँग कुल २७.०२ प्रतिशत तरलता सम्पत्ति छ । १६ हजार ७६४ जना सेयर सदस्य रहेको यस सहकारीमा कुल २ हजार १२५ जना ऋणी सदस्य छन् । सहकारीको कुल सम्पत्ति ३ अर्ब ५ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको छ ।

जनसचेतन सहकारी

दोलखाको जनसचेतन बचत तथा ऋण सहकारीले कुल १ अर्ब ५४ करोड ३४ लाख २९ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल १ अर्ब ८८ करोड १३ लाख ६७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल १६ करोड ५३ लाख २३ हजार रुपैयाँ सेयर पुँजी रहेकोमो यस सहकारीमा कुल २७ हजार ५३२ सेयर सदस्य छन् भने ४ हजार ७२६ ऋणी सदस्य छन् । यस सहकारी सँग कुल १३.७६ प्रतिशत तरलता छ । १७ करोड १४ लाख रुपैयाँ जगेडा कोषमा रहेको यस सहकारीको कुल सम्पत्ति २ अर्ब ३४ करोड ७५ लाख ६६ हजार रुपैयाँ बराबरको छ ।

सामुदायिक सहकारी

काभ्रेको सामुदायिक बचत तथा ऋण सहकारी पनि एक ठूलो कारोबार गर्ने सहकारीमध्येमा पर्छ । ३९ करोड ९४ लाख ९७ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको जगेडा कोषमा ३१ करोड ९९ लाख २३ हजार रुपैयाँ छ । कुल २ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बचत संकलन गरेको यस सहकारीले ३ अर्ब ४५ करोड ३६ लाख २७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ५० हजार १२१ सदस्य रहेको यस सहकारीमार्फत् ६ हजार ५९२ जनाले ऋण लिएका छन् । सहकारीमा १६.८५ प्रतिशत तरलता रकम छ । यस सहकारीको ४ अर्ब ३२ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको कुल सम्पत्ति छ ।

बुडोल सामुदायिक सहकारी

बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ३५ करोड २१ लाख ७३ हजार रुपैयाँ बचत संकलन गरेकोमा १ अर्ब ३५ करोड ३७ लाख ५६ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल १५ करोड ५० लाख २० हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा १७ हजार २४३ सेयर सदस्य र २ हजार ६३९ ऋणी सदस्य रहेका छन् । कुल २१.५८ प्रतिशत तरलता रकम रहेको यस सहकारी जगेडा कोषमा ११ करोड रुपैयाँ छ । सहकारीको कुल सम्पत्ति १ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ ।

पोखरा रोयल

कास्कीको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था अहिले अधिकत तरलता हुने सहकारी संस्थामा पर्छ । २१ करोड ६ लाख ४ हजार रुपैयाँ सेयर पुँजी रहेको यो सहकारीले कुल १ अर्ब ६७ करोड ७७ लाख ५० हजार रुपैयाँ बचत संकलन गरेको छ भने १ अर्ब ७८ करोड ८५ लाख ५२ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यो सहकारीको जगेडा कोषमा १५ करोड ७३ लाख २५ हजार रुपैयाँ छ । २४.८० प्रतिशत तरलता रकम रहेको छ । यस सहकारीसँग ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ तरलता सम्पत्ति छ । कुल ८ हजार ७७७ जना सेयर सदस्य रहेको यस सहकारीले १ हजार ५०९ जना सदस्यलाई ऋण दिएको छ ।

बिकु सहकारी

नवलपरासीमा रहेको बिकु सहकारी पनि एक ठूलो सहकारी मध्येमा पर्छ । यस सहकारीले ७ अर्ब २९ करोड १३ लाख ८८ हजार रुपैयाँ बचत संकलन गरेको छ भने कुल ६ अर्ब ९५ करोड ८२ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ९१ करोड २ लाख ६६ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीमा कुल १ लाख ८ हजार ५४४ सेयर सदस्य र ९ हजार ७८३ ऋणी सदस्य छन् । सहकारीमा कुल तरलता रकम २५.२२ प्रतिशत छ । यस सहकारीको ५० करोड ५१ लाखको जगेडा कोष रहेकोमा ९ अर्ब १९ करोड ३३ लाख रुपैयाँ बराबरको कुल सम्पत्ति छ ।

मध्ये नेपाल सहकारी

नवलपरासीमा केन्द्रिय कार्यालय रहेको मध्येनेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सेयर पुँजी १३ करोड ४९ लाख १९ हजार रुपैयाँ रहेकोमा यस संस्थाले ९८ करोड ३३ लाख ७५ हजार रुपैयाँ बचत संकलन गरेको छ । यस हसकारीले कुल १ अर्ब ७ करोड ६५ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

यस्तै, यस सहकारीमा २३ हजार २०७ जना सेयर सदस्य रहेकोमा कुल ४ हजार ९२२ जनालाई ऋण प्रवाह गरेको छ । सहकारीमा १५.४४ प्रतिशत तरलता छ । ७ करोड ४२ लाख ५३ हजारको जगेडा कोष रहेको यस सहकारीको कुल सम्पत्ति १ अर्ब ३१ करोड १२ लाख १७ हजार रुपैयाँ छ ।

किसान सहकारी

नवलपरासीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको ३३ करोड ६७ लाख ८२ हजार रुपैयाँ सेयर सदस्य रहेको छ । यस संस्थाले २ अर्ब ७० करोड ५० लाख ४३ हजार रुपैयाँ बचत संकलन गरेकोमा २ अर्ब ४३ करोड ५९ लाख २७ हजार रुपैयाँ ऋण लगानी गरेको छ । कुल ८४ हजार १४७ जना सेयर सदस्य रहेको यस सहकारीमार्फत् कुल १३ हजार ७०३ जनाले ऋण लिएका छन् । यो सहकारीसँग २४.४३ प्रतिशत तरलता रहेकोमा कुल १७ करोड ३९ लाख १५ हजार रुपैयाँ जगेडामा छ । यस संस्थाको कुल सम्पत्ति ३ अर्ब ४५ करोड ८८ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

जनउत्थान सहकारी

लुम्बिनीको रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले २ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । ३० करोड ३४ लाख सेयर पुँजी रहेको यस सहकारीमा ३८ हजार ९७० जना सेयर सदस्य छन् । यस सहकारीबाट १० हजार ८८ जनाले ऋण लिएका छन् । यस सहकारीसँग २३.४१ प्रतिशत तरलता रकम छ भने कुल ३ अर्ब १८ करोड ६५ लाख रुपैयाँ बराबर सम्पत्ति छ ।

नव जीवन सहकारी

धनगढीमा रहेको नवजीवन बहुउद्धेश्यिय सहकारी पनि सुदूरपश्चिमको ठूलो सहकारीमा पर्छ । कुल ३१ हजार पाँच सय ८९ छन् सेयर सदस्य रहेको यस सहकारीको सेयर पुँजी २७ करोड ७५ लाख २७ हजार रुपैयाँ छ । यस सहकारीको जगेडा कोषमा ३५ करोड १३ लाख ३५ हजार छ भने सहकारीले ३ अर्ब ८८ करोड ८३ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी र ४ अर्ब ३० करोड ४४ लाख ४१ हजार रुपैयाँ बचत संकलन गरेको छ । नवजीवन सहकारीसँग ६ अर्ब ३४ करोड चार लाख ९९ हजार कुल सम्पत्ति छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सबै सहकारीमा समस्या नरहेको बताउँछन् । ‘एकाध सहकारीहरुमा समस्या सिर्जना हुँदा सहकारी क्षेत्रमाथि नै प्रश्न उठेको,’ उनले भने, ‘हाल अधिकांश सहकारीले उदाहरणीय काम पनि गरिरहेका छन्,’ । केही सहकारीका सञ्चालकको बदमासीले सम्पूर्ण सहकारी क्षेत्रले बदमासी खेप्नु परेको उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.