जहाजको इन्जिनमा आगो लागेपछि क्यानले रोक्यो श्री एयरलाइन्सका सबै उडान

  २०७९ फागुन २६ गते १०:०४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । बिहीबार बसेको क्यान बैठकले अर्काे निर्णय शुक्रबारदेखि लागु हुनेगरी अर्काे निर्णय नहुँदासम्म श्री एयरलाइन्सका सम्पूर्ण उडान ग्राउण्डेड गर्ने निर्णय गरेको हो ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ ।

तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।
क्यानले यसअघि कर्मचारीलाई सेवासुविधा नदिएको भन्दै गुण एयरका सम्पूर्ण उडान ग्राउण्डेड गरेको छ । गत फागुन ८ गतेदेखि ग्राउण्डेड गरिएको जहाज अझै सञ्चालन हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.