श्री एयरलाइन्सकाे जहाजमा आगो, आकस्मिक अवतरण

  २०७९ फागुन २५ गते १०:०४     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । काठमाडौं विमानस्थलबाट उडान भर्नासाथ जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको हो ।

जहाजको इन्जिमा आगो देखिएपछि आकस्मिक अवतरणको गरिएकाे विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजमा रहेका सबै यात्रु सकुशल रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.