नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुँदै

  २०७९ फागुन २३ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको महिला स्वास्थ्य सम्मेलन हुने भएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार फागुन २५ र २६ गते काठमाडौंमा उक्त सम्मेलन हुँदैछ ।

उक्ता सम्मेलनमा महिला स्वास्थ्य अन्तर्गत १) यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, २) नसर्ने रोग, ३) बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, ४) मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र ५) पोषणको विषयमा आधारित प्रस्तुत हुने महाशाखाले जनाएको छ । सम्मेलनमा ८५ वटा कार्यपत्र र महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, विभिन्न देशका राजदुत, लगायत विज्ञ तथा सम्बन्धित व्यक्तिहरु मध्येबाट तीन सय जना सहभागीहरुको सहभागीता रहने जनाइएको छ ।

महिला स्वास्थ्यका विभिन्न आयामहरुमा हासिल भएका सफलता, चुनौति एवम् अवसर, अन्वेषण, विकसित घट्नाक्रम र तथ्यांकहरुमाथि छलफल गर्नु उक्त सम्मेलनको उद्देश्य रहेको परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.