कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८ वर्षको लागि ८० प्रतिशत कर्जा दिने

  २०७९ फागुन १७ गते १९:३६     विकासन्युज

काठमाडाैं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झाैता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जानकारी दिएकाे छ ।  ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ

One comment on "कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८ वर्षको लागि ८० प्रतिशत कर्जा दिने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.