सिटिजन्स बैंकले धितोमा रहेको घरजग्गासहित सुन बेच्दै

  २०७९ फागुन १७ गते ९:१८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले धितोमा राखिएको घरजग्गा र सुन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

साविक तिनाउ मिसन डेभलपमेन्ट बैंकबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

ऋणी मुनन्कमी आयल स्टोरका सञ्चालक बिन्दा कुमारी शाही तथा जमानीकर्ता जनार्दन रत्न मुनंकर्मी र जयन्त मुनंकर्मीले बैंकबाट लिएको ऋण वापत राखिएको धितो रुपन्देहीको सिक्टहन १ मा रहेको कित्ता नम्बर ७८६ को १–०–१६.५ क्षेत्रफल र कित्ता नम्बर ७८५ का १–०–१५ क्षेत्रफल भएको जग्गा र जग्गामा निर्मित घरहरु लिलामी गरिएको छ ।

यस्तै, बैंकले ऋणी जनार्दन रत्न मुनंकर्मीलाई दिइएको कर्जामा राखिएको धितो वापतको १७७ ग्राम सुनचाँदी पनि लिलाममा बिक्री गर्ने भएको हो । बैंकले मुनकर्मीलाई सिटिजन्स सुन कर्जा शिर्षकमा ऋण प्रदान गरेको थियो ।

सोही ऋणमा धितो सुरक्षणा राखिएको सुन सिक्री लकेट भएको २८ ग्रामका २ थान, ३४ ग्रामका ३ थान ढिका, ३८ ग्रामका ३ थान असर्फी, १० ग्रामका लाहा भएको १ थान, २६ ग्रामको चुरा १ थान, ३० ग्रामको २ थान ब्रासलेट, ७ ग्रामका सानो असर्फी ८ थान र ४ ग्रामका १ थान औँठी गरी कूल १७७ ग्राम (१५.१८ तोला) सुन धितो लिलाम गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.