सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

  २०७९ फागुन १६ गते १२:२६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्न चैत १७ गते १८ औं साधारण सभा बोलाएको हो ।

सभाले गत वर्षको नाफाबाट संचालक समितिले प्रस्ताव गरेको ८.५३४ बोनस सेयर र ०।४४९ प्रतिशत नगद लाभांश गरी कुल ९.०३३ प्रतिशत लाभांश पारित गर्नेछ ।

यस्तै, बैठकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) कम्पनीको सेयरधनीको रुपमा कायम भएकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.